माओवादी नेताले सार्वजनिक मञ्चमै पर्यटन मन्त्रीलाई लगाए स्टन्टबाजीको आरोप

माओवादी नेताले सार्वजनिक मञ्चमै पर्यटन मन्त्रीलाई लगाए स्टन्टबाजीको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भइरहेकाे छ। शनिबार राजधानीमा भएको संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीलाई कार्य सम्पादन भन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोप लगाइएकाे छ।

सो पार्टीकी उपाध्यक्ष पम्फा भूषालले पानसमा बत्ति बालेर उद्घाटन गरेकी छन्। भूषालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिईन्। सो कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भूषालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सूझाव अनुसार कार्य गर्नु पर्ने धारणा राखिन्।

नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले अधिवेशनमा बोल्ने सम्पूर्ण वक्ताहरुका सुझावहरु निकै नै अनुशरणिय रहेकाले वर्तमान सरकारले आत्मसाथ गरेर यस पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले आफ्नो पार्टीका नेता सुदन किराती पर्यटन मन्त्री भए पनि सो क्षेत्र लथालिङ्ग हुनु दुर्भाग्य भएको बताए।

सो संगठनका संयोजक नवराज दाहालले नेपालको पर्यटनको विकासका लागि वर्तमान समय अनुसार गुरुयोजना बनाउनुपर्नेमा जोड दिएका छन्। अधिवेशनको अध्यक्षतासमेत गरेका दाहालले नेपाल पर्यटन बोर्डलाई समग्र पर्यटनको प्रबद्र्धन र सम्बद्र्धनको जिम्मा भए पनि ‘सेतो हात्ती’ जस्तै भएको आरोप लगाएका छन् ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले वर्तमान मन्त्री किराँती आवश्यक काम भन्दा सस्तो लोकप्रियताको लागि मेडियाबाजीमा रुमलिएको आरोप लगाए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले जो–जो जहाँ वा जुन पार्टी विचारका भएपनि देशको आर्थिक तथा विकासको मेरुदण्ड पर्यटन क्षेत्रको विकासका लागि पूर्वाग्रहरहित भएर लाग्नुपर्ने बताए ।

नेपाल उद्योग महासंघका अध्यक्ष ज्योति अधिकारीले कोरोना जस्तो महाविपत्तिमा पनि टिकेर देशमै केहि गरौं भन्ने पर्यटन व्यवसायी प्रति राज्य उदासिन रहेको बताउँदै भने,“अब ढिला भइसक्यो कहाँ कसरी कसलाई दबाब दिने हो दिउँ, तर छिटो गरौं।”

नेपाल राट्रिष्य पर्यटन व्यवसायी संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले पर्यटन मन्त्री आयोजक संगठनको माउपार्टीको भएकाले उनलाई सहि बाटो देखाउने काम पनि उसैको भएको बताए । ‘प्रधानमन्त्री र पर्यटन मन्त्री तपाईंहरुकै हुनुहुन्छ हल गर्नुस नभए हामी कहाँ कसरी हुन्छ साथ दिन्छौं ।’ सापकोटाले थपे ।

पर्यटन मन्त्री किराती नीतिगत तथा दीर्घकालिन् सुधारमा भन्दा हल्लाखल्लामा लागेको आरोप लगाए। राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष कुमार थापा, रास्वपा निकट केन्द्रीय उत्पादन तथा प्रवर्धन विभागका सदस्य सुदर्शन न्यौपाने लगायतले आयोजक संगठनलाई उचित र प्रभावशाली नेतृत्व चयनका लागि शुभकामना दिए।

Logo