गर्दै नगरेको निर्णयमा पत्र लेखेपछि मेयर बालेनले शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण

गर्दै नगरेको निर्णयमा पत्र लेखेपछि मेयर बालेनले शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

महानगरले गर्दै नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले कोइरालालाई स्पष्टीकरण सोधेका हुन् । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । तर, मेयर नै संयोजक रहने उक्त समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि स्पष्टीकरण सोधिएको हो ।

उनलाई सात दिनभित्र आफ्नो सफाइ पेश भनिएको छ ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ। कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ।

Logo