राष्ट्रियसभा निर्वाचनमा भएको धोकाबारे छानबिन हुन्छः नेता विश्वकर्मा

राष्ट्रियसभा निर्वाचनमा भएको धोकाबारे छानबिन हुन्छः नेता विश्वकर्मा

केन्द्रबिन्दु
0
Shares

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हालै सम्पनन राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले उठाएका उम्मेदवारमाथि भएको घात र धोका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।

उनले यो धोकालाई गम्भीर रूपमा लिएको र छानबिन गरिने बताएका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत प्रतिनिधिका रूपमा इलाम पुगेका उनले निर्वाचनका बेला भएको धोकालाई पार्टीले गम्भीर रुपमा लिएको भन्दै छानबिन गर्ने बताएका हुन् ।

माघ ११ गते भएको निर्वाचनमा कोशी प्रदेशमा गठनबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवारले जितेका थिए भने माओवादी उम्मेदवार पराजित थिए । कोशी प्रदेशलगायत देशैभर केही अन्तर्घात भएको भन्दै उनले गठबन्धनमा सामेल भएपछि मिलेर जानुपर्ने तर धोका दिनु नहुने बताए ।

विश्वकर्माले सरकारमा पुगेपछि जनप्रतिनिधिले सपना पूरा गर्नभन्दा पनि योजना बनाउनतिर लाग्नुपर्ने पनि बताए । धेरै जनप्रतिनिधि लाभको पदमा पुगेपछि सपना पूरा गर्ने सोचतिर गएकाले व्यवस्था नै धरापमा पर्ने स्थिति आएको भन्दै उनले जनताका काममा लाग्नुपर्नेमा जोड दिए ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत इलामका गाउँ–गाउँ र सबै वडामा पुगेर जनतासमक्ष सुझाव लिने र उठेका प्रश्नको जवाफ दिने उनले बताए । ‘नेपाली कांग्रेसप्रति जनताको बुझाइ के छ, सरकारले जनताको पिरमर्का कति सम्बोधन गरेको छलगायतका विषयमा अभियान केन्द्रित रहनेछ,’ उनले भने ।

Logo