राप्रपा नेपालले तराईका जिल्लाहरूमा प्रशिक्षण चलाउने

राप्रपा नेपालले तराईका जिल्लाहरूमा प्रशिक्षण चलाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संञ्चालन गर्ने भएको छ।

आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संञ्चालन हुनेछ।

मुलुकको अवस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पूर्व तयारीको रुपमा अघि बढाईने जनाएको छ।

स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भावी कार्ययोजना र आन्दोलनको आवश्यकताबारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ।

Logo