दरबार ह’त्या’का’ण्ड’मा पूर्वराजाले मुख खोलेपछि नेताहरु तरंगित, के भन्छन् सर्वसाधारण ? [भिडियाेसहित]

दरबार ह’त्या’का’ण्ड’मा पूर्वराजाले मुख खोलेपछि नेताहरु तरंगित, के भन्छन् सर्वसाधारण ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालको राजनीतिक परिवर्तन गराउने एक अकल्पनीय घटनाको रुपमा रहेको दरबार हत्याकाण्ड दुई दशक बित्दा पनि रहस्यको गर्भमै छ । राजा बीरेन्द्र बीरबिक्रम शाहको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको छानबिन समितिले सोही हत्याकाण्डमा निधन भएका युवराज दीपेन्द्रलाई नै हत्याको दोषारोपण गरेको थियो ।

परिवारसँगको आन्तरिक किचलोको उपज उक्त हत्याकाण्ड घटाएको छानबिन समितिको निष्कर्ष थियो । तर, घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । तर, हालै एक सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे आफूमाथि शंकाको दृष्टिले हेरिएको र राजनीतिक जालझेल गरी भ्रम फैलाएको भन्दै मुख खोलेपछि फेरि यस विषयले नेपाली राजनीति तरंगित बनेको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छानबिन गर्ने बताइसकेका छन् । यही विषयमा केन्द्रीत रहेर केन्द्रबिन्दु टोलीले सर्वसाधारणको धारणा लिएको छ ।

Logo