‘पञ्चवर्षीय योजनामा महिलालाई अझै पछाडि पारियो’

‘पञ्चवर्षीय योजनामा महिलालाई अझै पछाडि पारियो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पञ्चवर्षीय योजनामा समेटेका कार्यक्रमहरुमा अझै पनि महिलालाई पछाडि पारिएको बताएकी छन् ।

संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा उनले सन्तुष्टि पोखेकी हुन् । बैठकका सहभागीले पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैंगिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुको बारेमा छलफल गरे ।

बैठकमा उपाध्यक्ष अर्यालले अझै पनि योजनाबद्ध हिसाबले काम गर्ने कुरामा महिलालाई पछाडि पारिएको गुनासो गरिन् । महिलाहरुलाई वडास्तरकै प्राथमिकताबाट अगाडि लैजान सके मात्रै योजना बनाएर जान सकिने उनले बताइन् । उनले भनिन्, ‘कतिपय सन्दर्भमा महिला पुरुष बराबरी भए तापनि कतिपय योजनाबद्ध हिसाबले काम गर्ने कुरामा महिलाहरुलाई पछाडि पारिएको नै छ । वडास्तरकै प्राथमिकताबाट हामी अगाडि जान सक्यौ भने महिलाहरुको वडास्तरको प्राथमिकताबाट हामी योजना बनाउन सक्छौं ।’

उनले आधारभूत तहको आवश्यकतालाई महसुस गरेर वडास्तरदेखि नै त्यहाँको आवश्यकता परिपूर्ति गर्नेगरि काम गर्नुपर्नेमा जोड दिइन् ।

Logo