प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

यही २२ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकमा दुई नेताबीच सदन सञ्चालन तथा कानुन निर्माणका साथसाथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

Logo