अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, प्रचण्डले जुनसुकै बेला धोका दिन सक्छन्ः सांसद डा. सुनिल शर्मा

अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, प्रचण्डले जुनसुकै बेला धोका दिन सक्छन्ः सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन् । माओवादीको नेतृत्वमा देशको समस्या हल गर्न नसकिने उनको भनाई छ ।

नेपाल प्रेस युनियन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद डा‍. शर्माले जनताको पक्षमा काम गर्न नसकेका कारण प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस बस्न नहुने धारणा राखेका हुन् । प्रचण्डले जुनसुकै बेला कांग्रेसलाई धोका दिन सक्ने उनको दावी छ ।

‘यो गठबन्धन कांग्रेसका निम्ति फलिफाप छैन । गिरीजाबाबु र प्रचण्डलाई भेट गराउने मै हुँ । प्रचण्डले गिरीजाबाबुलाई पनि झुक्याएकै हो । चिटिङ गरेकै हो ।’ उनले भने, ‘माओवादीसँगै गठबन्धन हुनुपर्छ भन्ने के छ र ? उहाँहरुसँग चुनावसम्म गठबन्धन थियो, भयो । एकचोटी बिग्रियो, फेरि भयो ।’ अब कांग्रेसले कि सरकारको नेतृत्व लिनुपर्ने की एमाले वा डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्न सक्ने उनको भनाई छ ।

सांसद डा. शर्मा कोसी प्रदेशका विभिन्न जिल्लामा पार्टी संगठन, विकास निर्माणको अवस्था, समस्या, आवश्यकता लगायतका बारेमा अध्ययन गर्ने सिलसिलामा खोटाङ आइपुगेका हुन् ।

Logo