प्रधानमन्त्री र गृहमन्त्रीको डिजाइनमा अरुण चौधरी समातिए, अब पैसाकाे डिल हुन्छः डा. सुनिल शर्मा

प्रधानमन्त्री र गृहमन्त्रीको डिजाइनमा अरुण चौधरी समातिए, अब पैसाकाे डिल हुन्छः डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको डिजाइनमा अरुण चौधरी पक्राउ परेको टिप्पणी गरेका छन्।

कांग्रेसको संसदीय दलको बैठकपछि सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्व सरकारले ठूलो उद्योगपति र घरानालाई पूराना केसमा पक्राउ गरेर पैसाको डिल गर्ने गरेको आरोप लगाएका हुन् । ‘मीनबहादुर गुरुङदेखि अरुण चौधरीसम्मको गिरफ्तारी माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डीजाइनमा हो। उनीहरूले ठूला उद्योगपति र घरानाहरू पक्राउ गर्ने, ह्यारेस गर्ने र अन्डर टेबुल पैसा डिल गर्छन्,’ उनले भने।

चौधरी ग्रुपले सरकारले आह्वान गरेको खुला बिक्रीबाटै बाँसबारी छाला जुत्ता उद्योगको सेयर खरिद गरेको सांसद शर्माकाे दाबी छ ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सीजीको चाँधबाघले नियमविपरीत निजीकरण गरेको भन्दै बिहीबार प्रहरीले विनोदका भाई अरुणलाई पक्राउ गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ ।

Logo