अब गैरसरकारी विधेयकहरुमा काम गर्छौंः रास्वपा

अब गैरसरकारी विधेयकहरुमा काम गर्छौंः रास्वपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आवश्यक कानून निर्माणमा ध्यान नदिने हो भने रास्वपाले केही गैरसरकारी विधेयकहरुमा काम गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक परियारले देश रुपान्तरणको लागि आवश्यक विधेयक र कानूनमा काम नभएको भन्दै अबको अधिवेशनमा पार्टीले टुङ्गाउनुपर्ने मुख्य मुख्य कानुनहरुको सूची बनाउँदै काम गर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारले आफूलाई काम गर्न आवश्यक पर्ने विधेयकहरु ल्याउने, तर त्यो विधेयक अगाडि नबढ्ने, देश रुपान्तरण गर्नको लागि नयाँ व्यवस्था, संविधान अनुसारको देश बनाउन जति विधेयक कानुन चाहिन्छ त्यसमा काम भएको देखिदैँन् । अबको अधिवेशनमा पार्टीले मुख्य मुख्य कानुनहरु टुङ्गाएर जानुपर्छ भनेर कानुनहरुको सूची बनाउदैँ छौ त्यो अनुसार काम गर्छौं । हाम्रो अभ्यास धेरै पार्टी मिलेर गठबन्धन गरेर सरकार चलाउँछौं, त्यो भएपछि बन्नुपर्ने आउनुपर्ने कानुनहरु आउँदैनन् । सरकारले त्यसमा ध्यान दिँदैन भने रास्वपाले केही गैरसरकारी विधेयकहरुमा काम गर्ने निर्णय गरेका छौं ।’

यस्तै, प्रमुख सचेतक परियारले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर न्याय सम्पादन हुनेगरि अगाडि टुङ्गाउने हिसाबमा काम गर्नुपर्ने बताए । उनले भने, ‘पीडितहरुको लागि बनेको संक्रमणकालीन न्यायको लागि राष्ट्रिय सम्झौता होस भन्ने चहान्छौ तर राष्ट्रिय सम्झौता भएन भनेर यसलाई रोकेर राख्नु भएन्, यसलाई पीडितमैत्री बनाएर न्याय सम्पादन हुने गरि अगाडि जानुपर्छ र यो संक्रमणकालिन न्यायलाई टुङ्गाउने हिसाबमा काम गर्नुपर्छ ।’

बैठकपश्चात पार्टीका सहप्रवक्ता मनिष झाले पनि विगतको प्रश्तुति कस्तो रहेको थियो, कस्तो अपेक्षा गरिएको छ, चुनौतिहरु के छन् र कसरी आफूलाई प्रस्तुत गर्न चहान्छौ भन्ने विषयमा एकदमै गम्भीर छलफल भएको बताए ।

यस्तै, पार्टीको सचेतक निशा डाँगीले दुईवटा अधिवेशनको समीक्षा गर्दै आगामी दिनमा प्राइबेट बिलहरुमा पनि काम गर्ने हिसाबमा अगाडि बढ्ने छलफल भएको बताइन् ।

Logo