काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो।

संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएर मात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक रमेश लेखकले बताए। संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेको लागि बोलाइएको छ।

Logo