वैदेशिक हस्तक्षेप रोक्न जनदबाब आवश्यक छः अध्यक्ष लिङ्देन

वैदेशिक हस्तक्षेप रोक्न जनदबाब आवश्यक छः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तामा टिकाउन र विदेशीलाई खुशी पार्ने नाममा सरकारले वैदेशिक हस्तक्षेप निम्ताइरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितताको अन्त्य गर्नको लागि शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी भएको बताएका हुन् ।
उनले भने, ‘सत्तामा टिक्नको लागि विदेशीलाई खुशी पार्ने नाममा वैदेशिक हस्तक्षेप नेपालमा निम्ताईरहेका छन् । यसलाई रोक्नको लागि अर्को चुनावमा उनीहरुलाई हराउने भनेर बस्ने समय छैन । वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितता, अविकसितताको अन्त्य गर्नको लागि देशमा हाम्रो सनातन पद्धतीको रक्षा गर्न शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी छ ।’

उनले शिक्षा प्रणालीमा कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री र उपकुलपति दलको कारिन्दा नियुक्त हुने प्रवृत्ति रहेको भन्दै यस्तो व्यवस्था भत्काउन आवश्यक रहेको बताए ।

अध्यक्ष लिङ्देनले पाठ्यक्रम बनाउन, नेपाली शिक्षा प्रणालीलाई विश्वासिलो, वैज्ञानिक, रोजगारमूलक र गरिखाने बनाउन विद्यार्थी संगठनहरु क्रियाशील हुन निर्देशन दिए ।

Logo