सभामुख–प्रमुख सचेतक छलफल :विद्युतीय हाजिरीको सुरुआत र धेरै कानून बनाउन सहमत

सभामुख–प्रमुख सचेतक छलफल :विद्युतीय हाजिरीको सुरुआत र धेरै कानून बनाउन सहमत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा माघ २२ गतेदेखि सुरु हुने संसदको सहउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको छ ।

सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारीका बारेमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

‘छलफलमा अगामि सोमबारदेखि सुरुहुने संसदको हिउँदे अधिवेशनलाई प्रधावकारी बनाउने र बढिभन्दा बढि विधेयकहरुमाथि छलफल गर्ने बारे छलफल भएको छ ।’ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले भने, ‘त्यस्तै संसदको क्यालेण्डरलाई अझ प्रभावकारी रुपमा निर्माण गर्नेबारेमा पनि छलफल भएको छ ।’

संसद र समितिका बैठकहरु नियमित हुने हुँदा सांसदहरुले गृह जिल्ला जान नपाएको भन्दै शाहीले यो विषय पनि क्यालेण्डरमा राख्ने विषयमा छलफल भएको बताए ।

त्यस्तै, एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा विद्युतीय हाजिरी सुरु गर्ने विषयमा ध्यानाकर्षण गराएको बताए ।

सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनको पहिलो दिनबाटै विद्युतीय हाजिरी सुरु हुने उनको भनाइ थियो ।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक हिउँदे अधिवेश्नमा बढि भन्दा बढि कानून बनाउने विषयमा गम्भिर छलफल भएको बताए ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदैछ ।

Logo