सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौंः नेता सिंह

सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौंः नेता सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले व्यवस्था गरे अनुसारको अधिकारको बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

मधेस प्रदेशका लागि राज्यका हरेक ठाउँमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दामाहरुको उचित सम्बोधन कांग्रेसले मात्रै गर्ने बताए । नेपाली कांग्रेस सिरहाले शनिबार समुदायमा कांग्रेस अभियान अन्तरगतको कार्यक्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् । भ्रष्टाचारले हरेक क्षेत्रलाई तहसनहस बनाएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जनताका पीरमर्का, गुनासो सुनिरहेको भन्दै समुदायमा कांग्रेस अभियानबाट पाएका सुझाव र आलोचनालाई ग्रहण गर्दै पार्टी र मुलुक संचालनमा तिनै सुझाव र आलोचनालाई आधार मानेर पार्टीले आगामी कदम अगाडि बढाउने बताए ।

मुलुकको नीति निर्माणका क्रममा आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र बिकास निर्माणको जन चाहाना अनुरुपको नीति अवलम्बन गर्ने पनि बताए ।

Logo