विश्वविद्यालयका उपकुलपति नियुक्तिमा भागबन्डा अन्त्य गरौंः गगन थापा

विश्वविद्यालयका उपकुलपति नियुक्तिमा भागबन्डा अन्त्य गरौंः गगन थापा

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयको उपकुलपति नियुक्तिमा भागभन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत बर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुनेक्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औंल्याएका हुन् ।

‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने भन्ने जिम्मा हाम्रो हातमा छ । विश्व विद्यालयमा विद्यार्थीहरुको संख्या र विश्वसनीयता घट्दो छ । विदेश पलायन बढ्दो छ । रोजगारी वा अध्ययनका सिलसिलामा युवाहरु विदेश गइरहेका छन् । विश्व विद्यालय विग्रियो भनेर नै धेरैले देश छाडेका छन् । यस्तो अवस्थामा उपकुलपति नियुक्तिमा भागबण्डा खोज्नु हुँदैन ।’

यतिबेला नेपाली कांग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने महामन्त्री थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरुले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए । उनले नेपाली कांग्रेसको हालको देश दौडाहपछि काठमाडौंमा बसेर समीक्षा गर्ने, सूची तयार गर्ने र योजनाहरु अघि सारिने बताए ।

Logo