राष्ट्रपतिलाई अध्यक्ष ओलीकाे सुझाव- आफ्नो थान्कामा बस्नुस्, जथाभावी नगर्नुस्

राष्ट्रपतिलाई अध्यक्ष ओलीकाे सुझाव- आफ्नो थान्कामा बस्नुस्, जथाभावी नगर्नुस्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको प्रतिनिधि बनेको आरोप लगाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप लगाएका हुन् । ‘राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ। तपाईं कांग्रेसको प्रतिनिधि हैन, ​तपाईं गठबन्धनको प्रतिनिधि हैन। आफूले पाएको अधिकार प्रयोग गर्नुस्, आफ्नो थान्कामा बस्नुस् । जथाभावी नगर्नुस् । संविधानअनुसार साझा भएर काम गर्न सुझाव दिन्छु ।’ उनले भने ।

राष्ट्रपति संविधानभन्दा माथि हुन नहुने उनकाे भनाई छ ।

Logo