‘पूर्वमन्त्रीलाई हत्कडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति हो ?’ -अध्यक्ष ओली

‘पूर्वमन्त्रीलाई हत्कडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति हो ?’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओलीले पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हत्कडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘हिरासतमा को बस्नु पर्ने हो, को बस्न नपर्ने हो? व्यापारी नै समातिंदा हिरासतमा मात्रै होइन जेलमै हाल्यो त, पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेका मान्छेलाई हत्कडी लगाएर र जेलमा राखेर मुद्दा लगाइयो । तर एकजना व्यापारी पक्राउ पर्दा प्रहरी कार्यालयको बाटो हुदैँ अस्पताल लगियो रे । कस्तो थिति हो यो ?’

त्यसैगरी अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरेर रेडक्रस, स्काउड जस्ता संस्थाको सम्मेलन हुनमा रोक लगाएको उल्लेख गरे । उनले सत्ता गठबन्धनभित्रका दलहरु मुलुकको विकासका लागि केही गर्छु भन्ने नभइ भ्रष्टाचार, तस्करी, अयोग्यताको पर्यावाची भएको आरोप लगाए ।

Logo