ल्हारक्याल लामाले लुम्बिनीको विकास हाेइन, भ्रष्टाचारको तानाबाना बुनिरहेका छन् -अध्यक्ष ओली

ल्हारक्याल लामाले लुम्बिनीको विकास हाेइन, भ्रष्टाचारको तानाबाना बुनिरहेका छन् -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओलीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्टाचारको तानाबाना बुनेको आरोप लगाएका हुन् ।

उनले अघि भने, ‘बैंकको सम्पत्ति राख्ने स्थानमा बुलेट राखियो तर पेस्तोलको खोजी भएन । त्यस्ता मान्छेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । त्यस्तो विवादस्पद व्यक्तिलाई किन बनाइयो ? के कारण होला भनेर खोजी गर्दा लुम्बिनीको विकास होइन्, राम ग्रामतिरबाट विकास सोझ्याउने धन्दा पो रहेछ ।’

सम्पदाको विकासका क्रममा सरकारले भ्रष्टाचारको तानाबाना बुनेको उनको भनाइ थियो ।

Logo