रवि लामिछानेले भने- जनताको जीविकासँग राजनीति नगराैं, एउटा बाटो बनाउन युग पर्खनुपर्छ ?

रवि लामिछानेले भने- जनताको जीविकासँग राजनीति नगराैं, एउटा बाटो बनाउन युग पर्खनुपर्छ ?

केन्द्रबिन्दु
0
Shares

मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको जीविकासँग कसैले राजनीति गर्न नहुने बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै सभापति लामिछानेले भने, ‘नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।’ दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजिएको पनि उनको उनको गुनासो छ ।

साथै सभापति लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने पनि प्रतिबद्धता जनाएका छन् ।

Logo