‘सबैले दलका झण्डा बोक्न थाले चन्द्रसूर्य अंकित झण्डा कसले बोकिदिने ?’

‘सबैले दलका झण्डा बोक्न थाले चन्द्रसूर्य अंकित झण्डा कसले बोकिदिने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिँड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झण्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्रसूर्य अंकित झण्डा बोक्न आग्रह गरेका हुन् । उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज । म कांग्रेसको नेता हो मैले चारतारे झण्डा बोकेर हिँड्छु । मैले गल्ती गरे ठिक छ । तर आउँदो नयाँ पुस्ताले त कमजोरी दोहोर्याउनु भएन मुलुकका लागि । मेरा सहिदहरुले बोकेको चन्द्रसूर्य झण्डा कसले बोकिदिने ?’

पार्टीका झण्डा बोकेर मुलुकले निकास नपाएको बताएका नेता भण्डारीले सबैले अब यो देशको झण्डा बोक्नुपर्ने बताए । उनले भने,‘नेपालको आफ्नै राजनीति स्थायित्व छैन् । हामी किन अरुबाट प्रभावित भयौं ? हामीसँग जनकपुर छ, लुम्बिनी छ, पशुपति छ, यहाँबाट प्रभावित किन हुन सकेनौं ।’

आफ्नो पुस्ताले गरेको गल्ती आउँदो पुस्ताले दोहोर्याउन नहुने उनको भनाई छ ।

Logo