राजनीतिलाई नितान्त जनसेवामा केन्द्रित गराउन निरन्तर लाग्नेछुः सांसद डा. सुनिल शर्मा

राजनीतिलाई नितान्त जनसेवामा केन्द्रित गराउन निरन्तर लाग्नेछुः सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

बैतडी । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राजनीतिलाई नितान्त जनसेवामा केन्द्रित गराउने अभियानमा आफू निरन्तर रहने बताएका छन् ।

आइतबार बैतडीकाे दाेगडाकेदार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरकाे उद्घाटन कार्यक्रममा सांसद डा. शर्माले यस्ताे बताएका हुन् । बैतडीकाे दुर्गम ठाउँ दाेगडाकेदार गाउँपालिकाकाे वडा.नं.४ मा पुगेर जनतालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा गर्न पाउँदा आनन्द महसुस भएकाे केएमसीका महाप्रबन्धक नारायण दाहालले जानकारी दिए।

`राजनीतिकलाई नितान्त जनसेवामा केन्द्रित गराउने अभियानमा निरन्तर हुनेछु ।´ सांसद शर्माले भने । कार्यक्रमको सभापतित्व संरक्षण समितिका सभापति सुरेन्द्र भट्टले गरेका थिए ।

सांसद शर्माको पहलमा दोगडाकेदार गाउँपालिकास्थित केदार माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै हजार बढी स्थानीयले लाभ उठाएकाे महाप्रबन्धक दाहालले बताए। एक हजार ९४२ जना विरामीमध्ये १८७ जनाको इसिजी, ३४७ जनाको युएसजी, ३२६ जनालाई ल्यावमा चेकजाँच गरिएको थियो । साथै दाँत रोग चेकजाँच गर्नेको संख्या ४९ छ । जसमा १०३ जनालाई ओ.टी. रेफर गरिएको छ। ती विरामीमध्ये जसको अप्रेसन गर्नुपर्नेछ उसलाई शतप्रतिशत छुटको पनि व्यवस्था पनि मिलाइएको छ ।

सांसद शर्माकै पहलमा अब २३ गते दार्चुला, २४ गते वैतडीको पाटन र २५ गते डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ। उनकै पहलमा यसअघि पनि विभिन्न जिल्लाका विकट स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको थियो ।

Logo