शेखर कोइरालालाई कार्यकर्ताको दबाब- अब माओवादी बोकेर हिँड्न सकिँदैन

शेखर कोइरालालाई कार्यकर्ताको दबाब- अब माओवादी बोकेर हिँड्न सकिँदैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासो र आक्रोश पोखेका छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिएका हुन् । ‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?’,एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन् ।

सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए । भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरुले नेताहरुलाई सुझाव दिए ।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अवका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे । डा.कोइराला उक्त अभियानका क्रममा कोशी प्रदेशका जिल्लाहरुको भ्रमणमा छन् ।

Logo