उत्तरदायी भएर कानून बनाउन पूर्ण तयारीका साथ सदनमा आएका छाैंः रवि लामिछाने

उत्तरदायी भएर कानून बनाउन पूर्ण तयारीका साथ सदनमा आएका छाैंः रवि लामिछाने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानून बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात सभापति लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए ।

उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’

सभापति लामिछानेले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने र सरकारलाई जोगाउने जस्तो कामका लागि प्रयोग गर्न नहुने बताए । उनले भने, ‘सरकारले अघिल्लो अधिवेशनमा जस्ता बिजनेस नदिने काम नगरोस्, जनताप्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्र सम्बन्धित रहोस् । यसलाई सत्ता टिकाउने, सरकारलाई जोगाउने जस्तो कामका लागि लागि होइन ।’

अतिआवश्यक कानुनहरु बनाउनुपर्ने प्राथमिकता रहेको बताएका उनले संविधान कार्यान्वयनको सिलसिलामा हामीले ध्यान दिनुपर्ने भनाइ राखे ।

Logo