हिउँदे अधिवेशन विधेयक ल्याउने अधिवेशन हो, त्यसमै केन्द्रीत हुन्छौंः प्रधानमन्त्री प्रचण्ड

हिउँदे अधिवेशन विधेयक ल्याउने अधिवेशन हो, त्यसमै केन्द्रीत हुन्छौंः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने विश्वास दिलाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो । यसपटक भने संसद्ले पर्याप्त बिजनेस पाउने जिकिर उनले गरे ।

प्रधानमन्त्री प्रचण्डले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’

Logo