माओवादी संसदीय दलको बैठक आज पनि बस्ने

माओवादी संसदीय दलको बैठक आज पनि बस्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्नेछ।

हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए।

हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने जनाइएकाे छ।

Logo