काँग्रेसले बाेलायाे आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

काँग्रेसले बाेलायाे आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

केन्द्रबिन्दु
210
Shares

काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा काँग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र सो विषयमा आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठक मंगलबार विहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

Logo