सांसद डा. सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सीए पढाउने, जागिरको पनि ग्यारेन्टी

सांसद डा. सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सीए पढाउने, जागिरको पनि ग्यारेन्टी

केन्द्रबिन्दु
280
Shares

मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सी.ए. (चार्टर्ड एकाउण्टेण्ट) पढाउने भएका छन् ।

नेपाल विद्यार्थी संघकाे दार्चुला बहुमुखी क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसँग विद्यार्थी संवाद अन्तरक्रिया’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् ।

सांसद शर्माले उक्त घोषणासंगै जागिरको समेत ग्यारेन्टी घोषणा गरेका थिए । क्याम्पसमा अध्ययनरत इच्छुक अब्बल २ विद्यार्थीहरुलाई काठमाडौँ अथवा विराटनगरमा पढ्ने इच्छा भए पढाइको सम्पूर्ण खर्च आफूले बेहोर्ने उनले बताए ।

विराटनगरकाे नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले आफू निर्वाचित क्षेत्र तथा क्षेत्रबाहिरका पढाइमा अब्बल कैयौँ विद्यार्थीहरुलाई निशूल्क अध्ययनको व्यवस्था मिलाएका छन् । उनले आफ्नो हस्पिटलमा विपन्न विरामीहरुलाई निःशूल्क तथा केही छुटमा समेत उपचार हुने व्यवस्था समेत मिलाएका छन् । सो क्रममा उनले आफूले शिक्षाका लागि गर्नुपरेको संघर्षको कथा पनि सुनाएका थिए ।

सांसद शर्माले सरकारका कमी कमजोरीविरुद्ध निरन्तर आवाज उठाएर जनतामाझ परिचित छन् । हाल उनी देश दौडाहाका क्रममा दार्चुला पुगेका हुन् । उनकै पहलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हँदैछ । यसअघि साेमबार बैतडीकाे दाेगडाकेदार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे थियाे । उनी पनि सहभागी थिए।

Logo