काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री कबुढाथोकी निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो । विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनुभएका स्व बुढाथोकीले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ।

बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट काँग्रेस मर्माहत र स्तब्ध भएको बताइएको छ। आकस्मिक बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

बैठकले मृतक आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। नेता बुढाथोकीको निधनमा कांग्रेसले माघ २३, २४ र २५ गते (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने र पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Logo