सांसद शर्मा भन्छन्- यी पाँच विषयकाे सम्बोधन गर्न सके सरकारको कायपलट हुन्छ

सांसद शर्मा भन्छन्- यी पाँच विषयकाे सम्बोधन गर्न सके सरकारको कायपलट हुन्छ

केन्द्रबिन्दु
98
Shares

दार्चुला । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शिक्षा, स्वास्थ्य र सुरक्षा प्रणालीमा आमूल परिवर्तन गर्न सके १५ वर्षभित्र सरकारको कायपलट हुने दाबी गरेका छन् ।

देश दौडाहाका क्रममा दार्चुला पुगेका सांसद सुनिल शर्माले मंगलबार नेपाल विद्यार्थी संघको दार्चुला बहुमुखी क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसँग विद्यार्थी संवाद अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले ‘इफ र बट’ नभनी शिक्षा, स्वास्थ्य, कृषि, मजदुर, सुरक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउन सके १५ वर्षभित्र सरकारको कायपलट हुने दाबी गरेका हुन् ।

‘मैले उठाइरहेको विषय के हो भने नेपाल सरकारले इफ र बट नभनीकन, आज या भोली नभनीकन तत्काल गर्नुपर्ने विषयहरु शिक्षामा आमूल परिवर्तन, स्वास्थ्यमा आमूल परिवर्तन, सेक्युरिटी सिस्टममा आमूल परिवर्तन, कृषि, मजदुर र उद्योगधन्दामा आमूल परिवर्तनलगायत विषयमा मात्र सम्बोधन गर्न सक्यौं भने यो मुलुक १५ वर्षभित्र कायपलट गर्न सक्छौं ।’ उनले भने ।

शिक्षाको विषयमा केन्द्रीत रहेका सांसद शर्माले ३ लाख विद्यार्थीका लागि सोचेर सरकारले योजना बनाएर नीति सुधार गर्ने हो भने शिक्षामा देखिएको समस्या तत्काल समाधान हुने बताए । ‘विद्यार्थी पढ्न तयार छ, सक्षम छ तर, समस्या के छ भन्दा आर्थिक र सिपको’ उनले भने, ‘हरेक विद्यार्थी गाउँबाट डाक्टर बन्न चाहुनुहुन्छ, इन्ञिनियर बन्न चाहनुहुन्छ, सीए, एमडीए गर्न चाहनुहुन्छ । तर, एसएलसीको रिजल्ट आउँछ, असार/साउनमा । त्यसपछि भर्ना प्रक्रिया पनि समयमा हुँदैन । यसपाली पनि भर्ना प्रक्रिया सकिएको छैन । यो देशको बिडम्बना हो । तर, राज्य सत्ता चलाएकालाई हुनै मतलव छैन ।’

Logo