अधिकार पहिल्यै छ, ट्रेड युनियनको कुरा गम्भीर होइनः मन्त्री शर्मा

अधिकार पहिल्यै छ, ट्रेड युनियनको कुरा गम्भीर होइनः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियन बनाउने कुरा त्यति आवश्यक नभएको बताएकी छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मंगलबार बसेको बैठकमा उनले ट्रेड युनियन अधिकार पहिल्यै भएको हुनाले ट्रेड युनियनको कुरा त्यति गम्भीर नभएको बताएकी हुन् ।

‘विधेयकमा कतै पनि ट्रेड युनियनसम्बन्धी व्यवस्था छैन । व्यवस्थामा नबसेको कुरालाई किन उठाउने भन्ने मेरो विचार हो । बन्नुपर्छ भनेर भनिएको भए, यसलाई अलि बढी गम्भीर भएर सोच्नु पर्ने थियो’ उनले भनिन्, ‘ट्रेड युनियन राइट्स छँदै छ, हामीले दुरुपयोग गरेर समस्या भएको हो । सदुपयोग गरेको भए समस्या हँुदैन थियो । यो ट्रेड युनियनको कुरा काम कर्तव्य अधिकारमा उल्लेख नगरौं भनेर आग्रह गर्न चाहन्छु ।’

समिति सभापति भानुभक्त जोशीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा कुलपति, उपकुलपति, सहकुलपति, पीडित पक्ष कर्मचारीलाई बोलाएर छलफल गरी समस्याको निकाल्ने विषयमा सचिवालयललाई तयारी गर्न निर्देशन दिए ।

उनले भने, ‘बीपी प्रतिष्ठानको बारेमा तोषिमा कार्कीले उठाएको विषय गम्भीर छ । कुलपति प्रधानमन्त्री, सहकुलपति स्वास्थयमन्त्री हुने व्यवस्था रहेछ । यसबारे पहिलो चरणमा कुलपति, उपकुलपति, सहकुलपति, पीडित पक्ष कर्मचारीलाई पनि बोलाएर छलफल गर्ने र समस्याको निकास निकाल्नका लागि सचिवालयले तयारी गरोस् भन्ने निर्देशन दिन चाहन्छु ।’

Logo