काे हुन् संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेय ?

काे हुन् संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेय ?

केन्द्रबिन्दु
252
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका छन् ।

पाण्डेको संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो । नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका थिए । गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए । तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।

बि.स. २०२६ असोज १५ गते पाल्पाकाे रिव्दिकोटमा पिता झबिन्द्र प्रसाद पाण्डे र माता गंगादेबी पाण्डेकाे काेखबाट जन्म लिएका पाण्डेय हाल ललितपुरमा बस्छन् । सन् १९९७ मा त्रिभुवन विश्वबिविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका उनले सन् २००३ मा भारतको युनिभर्सिटि अफ पुणेबाट वाणिज्य कानून र फौजदारी कानूनमा स्नातकोत्तर उपाधी हासिल थिए । साथै सन् २०१४ मा अमेरिकाको राजधानी वासिङ्टन डि.सि. स्थित अमेरिकन युनिभर्सिटिबाट मानव अधिकार विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।

यस्ताे छ उनकाे महासचिवसम्मकाे यात्रा –

  • २०४६ फाल्गुणदेखि दुई बर्षसम्म श्री शारदा निम्न माध्यमिक बिद्यालय, ख्याहा, पाल्पामा निम्न माध्यमिक शिक्षकको रुपमा कार्यरत।
  • झण्डै १४ बर्षसम्म नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा तह ६ र तह ७ मा रहि कार्य गरेको,
  • लोकसेवा आयोगबाट लिइएको खुला प्रतियोगिताबाट राजपत्रांकित प्रथम श्रेणीको सह–सचिव स्तरको सहन्यायाधिवक्ताको एकमात्र रिक्त पदमा छनौट भै आठ बर्ष कार्य गरेको,
  • सो अवधिमा तीन बर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत –सो अवधिमा आयोगको प्रबक्ताको जिम्मेवारी समेत निर्बाह गरेको,
  • राजपत्राङ्कित बिशिष्ठ श्रेणीको नायब महान्यायाधिवक्ताको पदमा ४ बर्ष ६ महिना महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत,
  • २०८० बैशाख २४ गतेदेखि प्रतिनिधि सभाको सचिव पदमा कार्य गरेको
  • २०८० मंसिर २७ गते देखि कार्यवाहक महासचिवको रुपमा कार्यरत।
  • २०८० माघ २३ गते महासचिवमा नियुक्त।

यस्ता छन् उनका प्रकाशनहरु-

Logo