राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्ने

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्ने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ। बुधबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री दाहालले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्रीहरू तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने छन्। बैठकमा संघीयता कार्यान्वयनका लागि संघ,प्रदेश र स्थानीय तहमा देखिएका समस्याबारे छलफल हुने बताइएको छ।

परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो।

यस्तै दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानुन निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता गराउने, एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइनेलगायतका विभिन्न ६ निणर्य पहिलो बैठकले गरेको थियो।

Logo