सांसद अशिम शाहको प्रश्न- ‘बालकुमारी घटनाको छानविन गर्न बनेको आयोग किन मौन ?’

सांसद अशिम शाहको प्रश्न- ‘बालकुमारी घटनाको छानविन गर्न बनेको आयोग किन मौन ?’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानविन गर्न बनेको आयोग किन मौन छ भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ललितपुरमा मन्त्रीको गाडी जलेपछि गोली चल्यो वा गोली चलेपछि गाडी जल्यो त्यसको उत्तर आयोगले दिनुपर्ने बताएका हुन्।

उनले बैठकमा बाेल्दै भने, ‘गएको पुस १३ गते ललितपुरको बालकुमारीमा दुई र सर्लाहीमा एक युवकको ज्यान गएको विषयमा छानविन गर्न बनेका आयोगहरु आजसम्म किन मौन बसीरहेका छन ? हरेक घटनामा छानविन आयोग गठन हुन्छ तर प्रतिवेदनलाई अनेक बहानामा अल्झाइन्छ अनि दराजमा लुकाईंन्छ?’

Logo