आक्रोश हुँदै अमरेशले भने- ‘डडेल्धुरा, नुवाकोट र चितवनको मात्रै देश हो नेपाल ?’

आक्रोश हुँदै अमरेशले भने- ‘डडेल्धुरा, नुवाकोट र चितवनको मात्रै देश हो नेपाल ?’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले सरकारमा रहेका तीन नेताको गृहजिल्लामा मात्र बजेट गएको भन्दै तीन जिल्लामात्र नेपाल हो भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी अहिलेसम्म गरेको छैन। काम सुरु भएको छैन। काम तीन जिल्लामा मात्रै सुरु भएको छ। अर्थमन्त्रीको जिल्ला नुवाकोट,डडेल्धुरा र चितवन।’

उनले तीन जिल्लामा अहिले अर्बौँको योजना स्वीकृत भएकोप्रति असन्तुष्टि जनाए। उनल थपे, ‘बाँकी जिल्लामा विकास निर्माण हुनु हुँदैन ? ठेक्का लागिसकेको छ ? काम किन नहुने ? तीन जिल्लाको मात्रै देश हो?’ ।

Logo