प्रधानमन्त्रीकाे अग्रसरताले सङ्घीयता कार्यान्वयनकाे अन्योल हट्याेः उपप्रधानमन्त्री खड्का

प्रधानमन्त्रीकाे अग्रसरताले सङ्घीयता कार्यान्वयनकाे अन्योल हट्याेः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
70
Shares

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीले लिएकाे अग्रसरताले यससम्बन्धी अन्योल हटेर गएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्ताे बताएका हुन् । उनले भने, “सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ । निजामती ऐन टुङ्गाउन प्रधानमन्त्रीको निर्देशनअनुसार मैले नै पहल गरिरहेको छु । यही संसद् अधिवेशनबाट पारित गर्छौँ ।”

सङ्घीयता कार्यान्वयन साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सामूहिक भावनाका साथ काम गर्न सबैलाई आग्रह गरे ।

बैठकमा प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Logo