एमाले रौतहट अधिवेसन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले रौतहट अधिवेसन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने

केन्द्रबिन्दु
140
Shares

रौतहट। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट जाने भएका छन्। नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनकाे उद्घाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट जान लागेका हुन्।

एमालेको १० औँ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली जाने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ। एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन्।

Logo