‘नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न युद्धस्तरमा जुटेका छाैं’ -मन्त्री शर्मा

‘नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न युद्धस्तरमा जुटेका छाैं’ -मन्त्री शर्मा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानून निर्माणको काम भइरहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरेपनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानून नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्धस्तरमा जुटेको बताएकी हुन् ।

उनले भनिन्, ‘सुचना र प्रविधि अगाडि अगाडि, तपाई हामी पछाडि पछाडि छौं । हाम्रो विडम्बना यहीं छ । संसारमा उत्पादन हुने वा विकास हुने नयाँ प्रविधिलाई हामी आत्मासाथ गरि नै रहन्छौं । तर त्यसलाई नियमन र व्यवस्थित गर्न हामीसँग कानून छैन । त्यो कानुन निर्माणको निम्ति मन्त्रालय युद्धस्तरमा जुटेको छ ।’

मन्त्री शर्माले आम नागरिकको आधुनिक जीवनशैलीको आधार बन्दै गएको सूचना र प्रविधिलाई अब सुशासन र समृद्धिको आधार बनाउनुपर्ने धारणा राखिन् । उनले समृद्धिको आधार भनेकै सूचना र प्रविधि हो भनेर सैद्धान्तिक रुपमा स्वीकार गरेतापनि अझै व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । सुशासन सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित सरकार अघि बढेको र त्यसैमा आधारित रहेर आगामी १६ औं योजनाको तयारीमा जुटेको जानकारी दिइन् ।

सूचना र प्रविधिको क्षेत्रबाट लगानी गर्नसके अर्थतन्त्र सबल बन्न सक्ने उनको भनाई छ ।

Logo