सोनाम ल्होसार पर्वमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

सोनाम ल्होसार पर्वमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका छन्।

आज पौडेल र यादवले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन्।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

यस्तै, उपराष्ट्रपति यादवले सामाजिक एकतासँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने आशा व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको दाबी गरेका छन्।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइन्छ। पर्वको अवसरमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्।

Logo