संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्था हाम्रो परिकल्पना होः कमल थापा

संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्था हाम्रो परिकल्पना होः कमल थापा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन्।

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघिजनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रहि राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका हुन्।

उनले भने,‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौं । हामीले कल्पना गरेको प्रजातान्त्रिक व्यस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ। हामीले केवल राजसंस्था फर्काउने मात्र कुरा गरेको होइनौं।’

उनले देशमा ठूलो सङ्ख्यामा गणतन्त्र चाहने मानिस रहेकाले गणतन्त्रवादीलाई र परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको चाहेको बताए । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेको हुनाले निरङकुश हुने अथवा कार्यकारी हुने भन्ने प्रश्न नै नआउँने उनको भनाइ छ।

Logo