माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

केन्द्रबिन्दु
56
Shares

नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ। 

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो। 

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुने गरी ल्याउने बताएका थिए।

यसैबीच, माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आईतवार (भोलि) बाट शुरु हुने भएको छ। बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता सापकोटाले बताए।

Logo