भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैनः प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको आर्थिक संमृद्धि र विकास नहुने दाबी गरेका छन्। उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताएका हुन्।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए। ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री दाहालले भने,‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन।’

उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ। यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन।’ उनले विकास संमृद्धिको दिर्घकालीन लक्ष्य हासिल गर्नका लागि मुलुकमा सुशासन कायम हुनु आवश्यक रहेको बताए।

Logo