रूसी सेनामा रहेका नेपालीको उद्धार गर्न महामन्त्री शर्माको माग

रूसी सेनामा रहेका नेपालीको उद्धार गर्न महामन्त्री शर्माको माग

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए। उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

Logo