गृहमन्त्रीलाई रवि लामिछानेकाे प्रश्न- अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई पुरस्कृत गरिएको हो ?

गृहमन्त्रीलाई रवि लामिछानेकाे प्रश्न- अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई पुरस्कृत गरिएको हो ?

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि भएको कुटपिटमा संलग्न रहेका भनिएका प्रहरी कर्मचारी पुरस्कृत भएको घटनाबारे सरकारको जवाफको माग गरेका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामा र प्रहरी कर्मचारीले पुरस्कार पाएको विषय स्पष्ट पानुपर्ने माग गरेका हुन् । उनले प्रश्न गरे, ‘निलम्बितलाई पुरस्कृत गरिएको हो कि होइन ?’

अध्यागन अधिकृतले घुस लिनका निम्ति छुट्टै समिति बनाएको भन्ने विषयमा समेत गृह मन्त्रालयले अनुसन्धान नगरेको पनि उनको आरोप छ ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको आरोप खेपेका विमानस्थलका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीलाई १२ सय रुपैयाँ, प्रहरी सहायक निरीक्षक सन्जय तामाङलाई ११ सय र प्रहरी जवान रविजंग गुप्तालाई ८०० रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भएका थिए ।

Logo