काँग्रेसको महासमिति बैठकः स्थानीय व्यवस्थापन समिति विस्तार

काँग्रेसको महासमिति बैठकः स्थानीय व्यवस्थापन समिति विस्तार

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। नेपाली काँग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरु मनोनीत गरेको छ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरुलाई मनोनीत गरिएको जानकारी दिए।

कांग्रेसको महासमिति बैठक फागनु ७ देखि १० गतेसम्म हुँदैछ। बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरु सहभागी हुनेछन्। महासमिति बैठकका लागि काँग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरु गठन गरेर तयारी गरिरहेको छ।

आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका बशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन्।

Logo