राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ।

Logo