माओवादी केन्द्रकाे विधान सम्मेलन आज

माओवादी केन्द्रकाे विधान सम्मेलन आज

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहन माओवादी केन्द्रको सचिवालयले जनाएको छ।

सम्मेलनले पार्टीको विधान संशोधन गरी टुंगो लगाउनेछ । यसअघि उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा रहेको कमिटीले विधानको मस्यौदा तयार गरी स्थायी समितिले पारित गरिसकेको छ।

माओवादी केन्द्रले रुपान्तरण अभियानमार्फत् देशभरिका नेता कार्यकर्ता समेतको भावना समेटेर विधानमा संशोधन गर्दै अघि बढ्न चाहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईले बताए । उनका अनुसार सम्मेलनले स्थायी समितिबाट तयार भएको विधानलाई पातिर गर्दै कार्यान्वयनमा लैजाने निर्णय गर्नेछ ।

Logo