उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत

उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत

केन्द्रबिन्दु
294
Shares

रामेछाप। उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत चुनिएकी छिन्।

रामेछाप जिल्लाका आठवटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले भेलाले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा आठ सदस्सीय फोरम गठन गरेको हो। मन्थली नगरपालिकामा भएको न्यायीक समितिको अन्तरपालिका स्तरीय बैठकमा फोरम बनाइएको संयोजक बस्नेतले जानकारी दिइन्।

फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चुनिएकी छिन्। यसैगरी फोरमको सदस्यहरुमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका छन्।

स्थानीय तहका उपप्रमुख तथ उपाध्यक्षहरुले स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्य फोरम गठन गरेको हो। यसलाई साझा थलोको रुपमा विकास गरिने बस्नेतले बताइन्।

Logo