राजेन्द्र महतो भन्छन्- ‘मुलुकमा राष्ट्रिय आन्दोलनको खाँचो छ’

राजेन्द्र महतो भन्छन्- ‘मुलुकमा राष्ट्रिय आन्दोलनको खाँचो छ’

केन्द्रबिन्दु
84
Shares

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकारका लागि एक्लाएक्लै उठेका आवाजबाट दबाब सृजना नभएकाले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतोले अधिकारका लागि एकलरुपमा लड्दै आइरहेकै कारण हारको सामना गर्नुपरिरहेको बताउँदै अब एकीकृत भएर राष्ट्रिय आन्दोलनको खाँचो रहेको बताएका हुन् । उनले भने, ‘नेपालमा विभिन्न राष्ट्रियताको पहिचान छ, तर शासकले यसलाई स्वीकार गर्न चाहेको छैन ।’

भारतमा अहिलेसम्म एउटै संविधान निर्माण भएको र आवश्यकता रहेको बेलामा संशोधन गरिरहँदा विश्वको तेस्रो शक्तिशाली देशमा आउन सफल भएको उदाहरण उनले दिए । नेपालमा अहिलेसम्म सातवटा संविधान बने पनि जनतालाई अधिकारबाट बञ्चित गरेकै कारण विकसित हुन नसकेको उनको भनाइ थियो ।

उनले अघि भने, ‘नेपाल मधेश, थारु, जनजाति लगायतका विभिन्न राष्ट्रियता मिलेर बनेको छ तर शासन र संविधान सोअनुसार बनेको छैन । पृथ्वीनारायण शाहले नेपालको निर्माण गर्दा एउटा नारा दिएका थिए, नेपाल चार वर्ण र छत्तीस जातको साझा फुलबारी हो । तर, अहिले उक्त कुराको मनन् भएको छैन । अहिले एकल राष्ट्रियता हाबी छ ।’

Logo