एमालेकाे मागमा सरकार गम्भीर रहेको महसुस भएकाे छः प्रमुख सचेतक गिरी

एमालेकाे मागमा सरकार गम्भीर रहेको महसुस भएकाे छः प्रमुख सचेतक गिरी

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्वपूर्ण भएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफल पश्चात प्रमुख सचेतक गिरीले एमालेले गरेका माग र दिएका सुझावहरु सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताएका हुन् ।

उनले भने, ‘आज पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग बसेर छलफल गरेका छौं । आउने बजेट, नीति तथा कार्यक्रमअन्तर्गत हामीले पेस गरेका सुझावहरुलाई पनि सम्बन्धित मन्त्रालयले गम्भीरताका साथ लिएर नीति कार्यक्रम र बजेटमा समावेश गर्ने र देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा सरकारले पनि यसलाई गम्भीरताका साथ लेओस् भनेर गम्भीरताका यो विषयलाई उठायौं । सचिवहरुले पनि यसलाई गम्भीरतापूर्वक लिएको नै महसुस भएको छ ।’

झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको संकल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरु एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरु सरकारका लागि निकै महत्वपूर्ण दस्तावेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले पनि नेकपा एमालेले सरकारलाई बुझाएको सुझाव सरकारका लागि निकै महत्वपूर्ण दस्तावेज हुनुका साथै नीति, बजेट, सुशासनका एजेण्डाहरु बनाउने सन्दर्भमा मार्ग दर्शन बन्न सक्ने भन्नुभएको थियो । यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने कुरा भएको थियो ।’

Logo