माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी रहने

माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी रहने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। माओवादी केन्द्रको प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ। पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उद्घाटन गरेको सो अधिवेशनमा आज ७ वटा समूहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन्।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ।

हिजोसम्म २० वटा समूहमध्ये १३ समूहले आ-आफ्नो धारणा राखिसकेका छन्। महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन्।

अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकिदिए अनुसार हिजो १३ समूहले आफ्नो सुझाव दिएर टुंग्याएका हुन्।

Logo